कोरोना संक्रमण दर साढे दुई प्रतिशतमा झ-यो !

कोरोना संक्रमण दर साढे दुई प्रतिशतमा झ-यो !


काठमाडौं, २५ कात्तिक । नेपालमा कोरोना संक्रमण दर न्यून भएको छ । बिहीबार गरिएको परीक्षणका क्रममा साढे २ प्रतिशत मात्र संक्रमण दर पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६ सय ५३ जनाको नमूना परीक्षण गर्दा जम्मा २ दशमलव ५० प्रतिशत अर्थात् ३ सय १७ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमण दोस्रो लहर सुरु भएयता संक्रमण दर तीन प्रतिशतभन्दा तल झरेको यो पहिलो पटक हो । थपिएका ३ सय १७ जनासहित अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ८ लाख १६ हजार ६० जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९४ हजार ९ सय ९५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै थप २ सय ७९ जना निको भएसँगै संक्रमण हुनेको संख्या ७ लाख ९७ हजार ५९ पुगेको छ ।
यही अवधिमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४ सय ६६ पुगेको छ । अहिले नेपालमा ७ हजार ५ सय ३५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।