नयाँ परराष्ट्रमन्त्रीको सपथ, देउवालाई दिए धन्यवाद

नयाँ परराष्ट्रमन्त्रीको सपथ, देउवालाई दिए धन्यवाद


काठमाडौं ।

नवनियुक्त परराष्ट्रमन्त्री डा। नारायण खड्काले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सपथग्रहण गराएकी हुन् ।

मंगलबार बसेको सत्तारुड दलका शीर्ष नेताहरुको बैठकमा परराष्ट्रमन्त्रालयमा नेपाली काँग्रेसका तर्फबाट मन्त्री बनाउने सहमति पछि प्रधानमन्त्री देउवाले खड्काको नाम सिफारिस गरेका थिए । पदभार ग्रहण गरे लगत्तै खड्काले आफुलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा सभापति देउवालाई धन्यवाद दिएका छन् ।

उनी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनका लागि अमेरिका जाने तयारीमा छन् । परराष्ट्रमन्त्री नियुक्तिसँगै राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भइसकेको छ । राजनीतिक नियुक्तिको राजदूतहरुलाई फिर्ता बोलाउँदा देउवाकी सासु प्रतिभा राणा पनि जापानबाट फिर्ता हुँदैछिन् । उनलाई फेरि अन्य कुनै शक्तिशाली देशमा पठाउने तयारी भएको हुनसक्ने आंकलन छ ।