काठमाडौँ ।
रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र पुर्नप्राप्तिमा लागि आइतबार जिल्ला प्रशासन कार्यालय जाने भएका छन्।
उनी आइतबार दिउँसो बबरमहलस्थित काठमाडौं जिप्रका जाने बताइएको छ। सर्वोच्च अदालतले गत शुक्रबार अमेरिकी नागरिकता त्यागपछि प्रक्रिया नपुर्याएकाले लामिछानेको नेपाली नागरिकता कायम नरहेको फैसला गरेको थियो।
सर्वोच्चको फैसलापछि लामिछानेले सांसद उपप्रधान तथा गृहमन्त्रीसँगै सबै पद गुमाएका थिए।
प्रतिक्रिया