सबैलाई बाँध्न बनाएको संविधानले कसैलाई बाँधेन : पूर्वसभामुख ढुंगाना

सबैलाई बाँध्न बनाएको संविधानले कसैलाई बाँधेन : पूर्वसभामुख ढुंगाना


काठमाडौँ ।

पूर्वसभामुख दमननाथ ढुंगानाले संविधान कार्यान्वयन भएरनभएको हेर्नका लागि एउटा छुट्टै निकाय बनाउन आवश्यक रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संविधान बनाउने तर कार्यान्वयन नहुने समस्या भएको भन्दै संविधानको पूर्ण कार्यान्वयनका लागि संविधान कार्यान्वयन भएरनभएको हेर्ने छुट्टै निकाय बनाउन आवश्यक रहेको जिकिर गरे ।

नेपालमा दूरदृष्टि राखेर संविधान निर्माण गर्न नसकिएको उनको भनाइ छ । उनले तत्कालका लागि सोचेर कोही मानिसलाई मन्त्री हुनबाट र वा अन्य प्रयोजनका लागि रोक्न संविधान बन्ने गरेको प्रति दुःख व्यक्त गरे ।

पूर्वसभामुख ढुंगानाले अहिलेको संविधान कसैलाई पनि नबाँध्ने किसिमको संविधान भएको बताए । पूर्वसभामुख ढुंगानाले सबैलाई बाँध्नका लागि बनाएको संविधान कसैलाई पनि नबाँध्ने किसिमको भएको उल्लेख गरे ।