काठमाडौँ ।
राष्ट्रिय सभाका पूर्व सांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनाउनुपर्ने बताएका हुन् । शनिवार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् ।
उनले राष्ट्रपति पद एकता, संघीयता र गणतन्त्रको प्रतीक भएकाले सबैको सहमतिमा बनाउने वातावरण बनाउनुपर्नेमा जोड दिए । राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाए अहिले झेल्नुपरेका समस्याबाट मुक्ति मिल्ने उनको भनाइ छ ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीमा दलगत गन्ध धेरै आएको बताए । राष्ट्रपति भण्डारीले दलको प्रभावमा परेर काम गरेको आरोप उनले लगाए ।
उनले पछिल्ला घटनाक्रमले राष्ट्रपतीय पद्धतिलाई परिमार्जन गर्नका लागि विद्वत वर्गले सुझाव दिनुपर्ने आवश्यकता देखिएको औँल्याए । राष्ट्रपतिको निर्वाचनमा गोप्य चुनाव किन हुनुपर्यो भन्दै उनले प्रश्न समेत गरे ।
वरिष्ठ अधिवक्ता बिडारीले राष्ट्रपतिको चुनावमा ‘ह्वीप’ नलाग्ने अभ्यास गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया