ग्यासको मूल्य ७५ रुपैयाँ बढ्यो, पेट्रोल र डिजेलमा पनि प्रतिलिटर ३-३ रुपैयाँ वृद्धि

ग्यासको मूल्य ७५ रुपैयाँ बढ्यो, पेट्रोल र डिजेलमा पनि प्रतिलिटर ३-३ रुपैयाँ वृद्धि


काठमाडौं, २४ कात्तिक । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । निगमले खाना पकाउने एलपी ग्याससहित सबै प्रकारको इन्धनको मूल्य बढाएको हो । भारतीय आयल कर्पोरेसनले कात्तिक १५ गते पठाएको नयाँ मूल्यसुचीअनुसार इन्धनको भाउ बढेको जनाउँदै यहाँ पनि मूल्य बढाइएको हो ।
१५ दिनमा ३ अर्ब २ करोड रुपैयाँ घाटा हुने देखिएपछि निगम सञ्चालक समितिले इनधनको मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णयअनुसार पेट्रोल, डिजेल र मटितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर ३÷३ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ७५ रुपैयाँ बढाइएको हो । नयाँ मूल्य बुधबार राति १२ बजेदेखि नै लागू हुन्छ । निगमले आन्तरिक तथा बाह्य हवाई इन्धनमा साविकको बिक्री मूल्यमा प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरेको जनाएको छ । मूल्यवृद्धिपश्चात् पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ, डिजेल र मटितेल ११९÷११९ रुपैयाँ, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ पर्ने छ ।
मूल्य समायोजन गरिएपछि निगमलाई १५ दिनमा २ अर्ब ६२ करोड नोक्सान हुने प्रक्षेपण गरिएको छ ।