आज अष्ट्रेलियन डलरको भाउ घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज अष्ट्रेलियन डलरको भाउ घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलरको खरिदमूल्य ९२ रुपैयाँ ५३ पैसा र बिक्रीमूल्य ९२ रुपैयाँ ९६ पैसामा कारोबार भैरहेको राष्ट्र बैँकले जनाएको छ। अष्ट्रेलियन डलर शुक्रबारको तुलनामा आज ६ पैसाले घटेको छ।

यस्तै अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ १४ पैसा र बिक्री दर १३० रुपैयाँ ७४ पैसा तोकेको छ भने युरो एकको खरिद दर १४१ रुपैयाँ ७० पैसा र बिक्री दर १४२ रुपैयाँ ३६ पैसा रहेको छ । यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७१ पैसा र बिक्री दर ३५ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।