थप ४ सय ४० जनामा कोरोना संक्रमण

थप ४ सय ४० जनामा कोरोना संक्रमण


काठमाडौं, २४ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ४० जना कोरोना संक्रमित थप भएका छ । ५ हजार ४ सय ७ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ८७ जना र १ हजार ४ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने ४ सय ७४ जना निको भएका छन् । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १० हजार ७३८ पुगेको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४ सय ६० पुगेको छ । ७ लाख ९६ हजार ७ सय ८० जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ जना रहेका छन् । जसमध्ये ७ हजार ५ जना होम आइसोलेसनमा रहेका छन् भने ५१७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १८९ जना आईसीयू र ५३ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका १४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २१ जना कोरोना संक्रमित थपिएका छन् ।