आज अष्ट्रेलियामा मुसलधारे वर्षा हुने, मौसम विभागले दियो चेतावनी !

आज अष्ट्रेलियामा मुसलधारे वर्षा हुने, मौसम विभागले दियो चेतावनी !


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको मौसम विभागले आगामी २४ घण्टा न्यूसाउथवेल्स र क्वीन्सल्याण्डमा मुसलधारे वर्षा हुने र बाढी समेत आउनसक्ने भन्दै चेतावनी जारी गरेको छ । जेखिमयुक्त बाढी आउनसक्ने चेतावनी दिँदै विभागले बुधबार मात्रै एलिस स्प्रिंगमा १०० मिलिमिटर वर्षात भएको जनाएको छ । यो गएको २० वर्ष यताकै सबैभन्दा बढी हो ।

विभागले साउथ अष्ट्रेलियाका केही ठाउँ, न्यूसाउथवेल्सको उत्तरी क्षेत्र र क्वीन्सल्याण्डको डार्लिंग डाउन्स तथा ग्रेनाईट बेल्ट क्षेत्रमा यस्तो चेतावनी दिएको छ । अन्यत्र पनि सतर्क रहन विभागले भनेको छ । यी क्षेत्रमा रहेका बासिन्दाहरुलाई कुनैपनि परिस्थितिको निम्ति तयार रहन भनिएको छ । पानीसँगै चट्यांग समेत पर्नेछ ।

बिहीबार र शुक्रबारको सुरुवातभित्रमा स्थिति सबैभन्दा खराब हुने पनि विभागले जाएको छ ।