आज ११.११ अर्थात् सिंगल डे, २४ घण्टामै खर्बौं डलरको व्यापार !

आज ११.११ अर्थात् सिंगल डे, २४ घण्टामै खर्बौं डलरको व्यापार !



अलिबाबा ग्रुपका संस्थापक ज्याक मा ले सन् १९९० ताका भ्यालेन्टाईन डेलाई गिज्याउँदै जोडी होइन, सिंगल डे भनेर सुरु गरिएको ११११ अर्थात् नोभेम्बर १ तारिखको दिन विस्तारै विशेष बन्दै गएको छ । केही वर्षहरुदेखि यो समयमा पश्चिमाहरुले ब्ल्याक फ्राईडेको दिनमा गर्नेभन्दा पनि बढी व्यापार हुन थालेको छ । अलीबाबामा मात्रै २ लाख ९० हजार भन्दा बढी उत्पादकहरुले आफ्ना सामान विशेष छुटमा यो दिनमा बिक्री गर्दैछन् ।

चीनमा मात्र यो प्रसिद्ध छैन । अहिले यो सिंगल डे मानिसहरुको लागि महिनौंसम्म पर्खिने र किनमेल गर्ने दिनका रुपमा चिनिँदै गएको छ । यसअघिको वर्ष अलीबाबा र ईकमर्स साईट जेडी डट कमले संयुक्त रुपमा १ सय ५५ विलियन डलरको कारोबार मात्र २४ घण्टामा गरेर रेकर्ड कायम गरेका थिए ।
पहिलो एक घण्टामा मात्रै ३ लाख ३० हजार सामानहरु बिक्री भएका थिए ।

आज हो सिंगल डे किन्ने हैन त ?

अहिले नोभेम्बर ११ तारिखमा मात्र होइन प्रि सिंगल डे भन्दै अक्टोबर १ तारिख देखि नै किनमेलका लागि छुटको घोषणा हुन थालेको छ । अलीबाबाले आफ्नो वेवसाईटमा अहिलेसम्म कतिको कारोबार भयो भनेर लाईभ नै राख्ने गरेको छ । यो किनमेलमा लुगाहरु, सुन्दरताका सामानहरु र घरायसी सामानहरु सबैभन्दा बढी बक्री हुने गरेका छन् । यस वर्षको किनमेल अझ रोचक हुने किन अनुमान गरिन्छ भने केही समय अघि प्रि-सिंगल डे भन्दै टिकटक स्टार डुईनले १२ घण्टाका बीचमा १० विलियन युआन अर्थात् २ विलियन अमेरिकी डलर बराबरको सामान बिक्री गरेकी थिइन् । यो लाईभस्ट्रीमलाई २० करोड मानिसहरुले हेरेका थिए ।

किनमेल मात्र होइन यो दिनमा ठूला ठूला स्टारहरुलाई ल्याएर कन्सर्ट समेत गरिन्छ । लाईभ गाला शोहरु हुन्छन् । अघिल्ला वर्षहरुमा पप गायिका टेलर स्वीफ्टलाई ल्याएर ईकमर्श साईटहरुले यस्तो शो लाईभ स्ट्रीम गरेका थिए । यो प्रशारण विभिन्न ठूला अन्तर्राष्ट्रिय टीभी च्यानलहरुमा समेत देखाइएको थियो । यसैकारण लाखौं करोडौं दर्शकहरु आकर्षित भएका थिए ।

अष्ट्रेलियामा पनि सिंगल डेको छुट पाईन्छ ?

कोभिड १९ को कारण थला परेको अर्थतन्त्र र मानिसहरुको जमघट कम भएपनि अघिल्लो वर्ष अष्ट्रेलियन कम्पनीहरुले यो दिनमा १ विलियन डलर बराबरको कारोबार गर्न सफल भएका थिए । यसैकारण यतिबेला अन्य कम्पनीहरु पनि सिंगल डेको दिन विशेष छुट दिएर कारोबार गर्ने तयारीमा छन् । यसैकारण अष्ट्रेलियाका चिनियाँ माझ लोकप्रिय युमल सपिंग एपले छुटको योजना ल्याइसकेको छ भने डाईसन अष्ट्रेलिया लगायतले सिंगल डे अफर ल्याउने घोषणा गरेका छ । डेभिड जोन्सले सिंगल डे लाईभ स्ट्रीम ईभेन्ट गर्ने जनाएको छ । तपाईं पनि सिंगल डे मा सामान किन्ने होइन त ?