तीन जना प्रदेश प्रमुख परिवर्तन

तीन जना प्रदेश प्रमुख परिवर्तन


काठमाडौैं, २३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्नुभएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश–१ को प्रदेश प्रमुखमा परशुराम खापुङ, कर्णाली प्रदेशको प्रदेश प्रमुखमा तिलक परियार र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखमा देवराज जोशीलाई नियुक्त गर्नुभएको हो ।
यसअघि राष्ट्रपति भण्डारीले प्रदेश–१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी, कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र सुदूपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई पदमुक्त गर्नुभएको थियो ।