निरन्तर उकालो लाग्दै अष्ट्रेलियन डलर, आज कतिमा हुँदैछ कारोबार ?

निरन्तर उकालो लाग्दै अष्ट्रेलियन डलर, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अष्ट्रेलियन डलरको खरिदमूल्य ९१ रुपैयाँ ५६ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ९८ पैसामा कारोबार भैरहेको छ । मंगलबार अष्ट्रेलियन डलर ८६ पैसाले बढेको थियो भने आज ४८ पैसाले बढेको छ।

यस्तै अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ४६ पैसा र बिक्री दर १३१ रुपैयाँ ०६ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३७ पैसा रहेको छ ।

यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७० पैसा र बिक्री दर ३५ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।