आज झण्डै एक रुपैयाँले बढ्यो अष्ट्रेलियन डलर, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज झण्डै एक रुपैयाँले बढ्यो अष्ट्रेलियन डलर, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ । नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अष्ट्रेलियन डलरको खरिदमूल्य ९१ रुपैयाँ ०८ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ५० पैसामा कारोबार भैरहेको छ । सोमबारको तुलनामा आज अष्ट्रेलियन डलर ८६ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ।

यस्तै अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ ९३ पैसा र बिक्री दर १३० रुपैयाँ ५३ पैसा पुगेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ८२ पैसा र बिक्री दर १४२ रुपैयाँ ४७ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ २२ पैसा र बिक्री दर १६१ रुपैयाँ ९६ पैसा रहेको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५३ पैसा र बिक्री दर ३५ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।