काठमाडौँ ।
नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अष्ट्रेलियन डलरको खरिदमूल्य ९० रुपैयाँ २२ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ६४ पैसामा कारोबार भैरहेको छ । आइतबारको तुलनामा आज अष्ट्रेलियन डलर ४६ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ।
अमेरिकी डलर एकको खरिद दर १२९.५० रुपैयाँ रहेको छ भने बिक्री दर १३०.१० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०.६० रुपैयाँ रहेको छ भने बिक्री दर १४१.२५ रुपैयाँ रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६०.५३ रुपैयाँ रहेको छ भने बिक्री दर १६१.२८ रुपैयाँ रहेको छ। साउदी रियाल एकको खरिद दर ३४.४८ रुपैयाँ रहेको छ भने बिक्री दर ३४.६४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.२२ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.३६ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया