वागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

वागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत


काठमाडौं, २२ कात्तिक । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभामा विश्वासको प्राप्त गर्नुभएको छ । प्रदेशसभामा पाण्डेले पेस गरेको विश्वासको मत लिने प्रस्ताव बहुमतले पारित भएको हो । प्रदेशसभामा उपस्थित १ सय ४ जनामध्ये ५९ जनाले विश्वासको मतको पक्षमा मतदा गरेका छन् । त्यस्तै विश्वासको मतको विपक्षमा ४३ मत परेको छ । त्यस्तै २ जना प्रदेशसभा सदस्यले मत दिन्न अर्थात तटस्थमा मतदान गरेका छन् । मतदान प्रक्रियामा ५ जना अनुपस्थित भए ।
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको समर्थनमा यही कात्तिक ११ गते पाण्डे वागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।