बार्सिलोना ।
ब्राजिलका डिफेन्डर ड्यानी आल्भेस यौन दुर्व्यवहारको आरोपमा स्पेनमा पक्राउ परेका छन्।
एफसी बार्सिलोनाका पूर्व डिफेन्डरसमेत रहेका ३९ वर्षिया आल्भेसले गत डिसेम्बरमा बार्सिलोनाको एउटा नाइटक्लबमा एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप छ।
३९ वर्षीय खेलाडीले भने आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् । उनलाई प्रहरी हिरासतमा राखेर शुक्रबार अदालतमा पेस गरिएको थियो । अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
बार्सिलोनाका लागि ४०८ खेल खेलेका उनले क्लबसँग ६ वटा लिग तथा तीनवटा च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।
उनी सन् २०२२ को विश्वकपमा ब्राजिलको टोलीमा पनि समावेश थिए । हाल उनी मेक्सिकोको पुमास यूएनएएम क्लबसँग आबद्ध रहेका थिए । तर, जेल चलान भएसँगै क्लबले उनीसँगको सम्झौता रद्द गरेको छ ।
प्रतिक्रिया