१४३ जना कोरोना संक्रमित थपिए, ९ को मृत्यु

१४३ जना कोरोना संक्रमित थपिए, ९ को मृत्यु


काठमाडौं, २१ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १ हजार ९सय ८० जनाको पीसीआर परीक्षण गर्दा १ सय ४१ जना र ३ सय ५३ जनाको एन्टिजेन परीक्षण गर्दा २ गरी १ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ५३, भक्तपुरमा १२, रुपन्देहीमा १०, ललितपुरमा ९, सुनसरीमा ६, धनुषा र बाँकेमा ४÷४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने ५६३ जना निको भएका छन् । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ९ हजार ३७५ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४४८ पुगेको छ भने ७ लाख ९५ हजार ३९७ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ७१३ जना रहेका छन् । जसमध्ये ७ हजार १२४ जना होम आइसोलेसनमा रहेका छन् भने ५८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १९७ जना आईसीयू र ४९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।