कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २८ गते बस्ने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २८ गते बस्ने


काठमाडौं, २१ कात्तिक । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक कात्तिक २८ गते बस्ने भएको छ । ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो १ बजे बैठक बस्न लागेको केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
बैठकमा पार्टीको चौधौं महाधिवेशन सम्बन्धमा छलफल गर्न पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिमा बैठक बस्न लागेको हो । कांग्रेसको चौधौं महाधिवेशनको मंसिर २४ गतेदेखि सुरु हुँदैछ । महाधिवेशनलाई कसरी भव्यताका साथ सम्पन्न गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।