१३९ जना कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु

१३९ जना कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु


काठमाडौं, २० कात्तिक । देशभर देशभर १ सय ३९ जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । पछिल्लो २४ घण्टामा २ हजार १ सय ३४ नमुनाको पीसीआर परीक्षण गर्दा १ सय २८ र १ हजार ७ सय ९८ नमुनाको एन्टिजेन परीक्षण गर्दा ११ गरी १ सय ३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ भने ३९६ जना निको भएका छन् ।
नेपालमा कोरोना संक्रमितको कूल संख्या ९ लाख ९ हजार २३२ पुगेको छ । जसमध्ये ११ हजार ४३९ जनाको मृत्यु भएको छ भने ७ लाख ९४ हजार ८३४ जना संक्रमणमसक्त भएका छन् । मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये ७ हजार ५२४ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै ६२० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १९६ जनाको आईसीयू र ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।