विदेशी मुद्राको विनिमयदर, आज कति छ अष्ट्रेलियन डलरको रेट ?

विदेशी मुद्राको विनिमयदर, आज कति छ अष्ट्रेलियन डलरको रेट ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलरको खरिदमूल्य ९० रुपैयाँ ६६ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ०८ पैसामा कारोबार भैरहेको छ ।

यस्तै अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ५२ पैसा र बिक्री दर १३१ रूपैयाँ १२ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रूपैयाँ १७ पैसा र बिक्री दर १४१ रूपैयाँ ८२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ४० पैसा र बिक्री दर १६० रूपैयाँ १३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७९ पैसा र बिक्री दर ३५ रूपैयाँ ९६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।