काठमाडौँ ।
अष्ट्रेलियाली सहर सिड्नीको कथावस्तुमाथि नेपाली फिल्म ‘सिड्नी’ निर्माण हुने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा देवकुमार श्रेष्ठले फिल्म निर्देशन गर्ने जानकारी दिइयो ।
वैशाखदेखि छायांकन हुने फिल्ममा सविन श्रेष्ठ र रीमा विश्वकर्माको मुख्य भूमिका रहनेछ । ओ माइ गड इन्टरटेनमेन्ट र आचार्य ब्रदर्सको ब्यानरमा निर्माण हुने फिल्मको २० प्रतिशत छायांकन नेपालमा र ८० प्रतिशत अष्ट्रेलियामा हुने जनाइएको छ ।
निर्देशक श्रेष्ठले नेपालदेखि अष्ट्रेलियासम्मको कथावस्तुलाई फिल्ममा चित्रण गरिने बताए । अष्ट्रेलियामा पुगेपछि नेपालीले गर्ने संघर्षलाई फिल्मले प्रस्तुत गर्ने उनले जनाए ।
प्रतिक्रिया