भिक्टोरिया र न्यूसाउथवेल्सको सिमाना खुल्ला, क्वारेन्टीन बस्न नपर्ने !

भिक्टोरिया र न्यूसाउथवेल्सको सिमाना खुल्ला, क्वारेन्टीन बस्न नपर्ने !


मेलबर्न, अष्ट्रेलिया ।

जनसंख्याका हिसाबले अष्ट्रेलियाका दुई ठूला राज्यहरु भिक्टोरिया र न्यूसाउथवेल्सको सिमाना खुल्ला गरिएको छ । बिहीबार मध्यरातबाट खुल्ला गरिएको सिमानाको सन्दर्भमा दुबै राज्यका प्रिमियरहरुले एक संयुक्त विज्ञप्ति जारी गर्दै बिहीबार मध्यरातबाट अब दुई राज्यबाट एक अर्को ठाउँमा जाँदा कुनै परीक्षण वा क्वारेन्टीन बस्नु नपर्ने जानकारी दिइएको हो ।

तर, भ्रमणमा जानुअघि सर्भिस भिक्टोरियाबाट अनुमति भने लिनुपर्नेछ । यस्तो अनुमति लिँदा उक्त व्यक्ति कोभिड नलागेको र क्लोज कन्ट्याक्ट भएका कारण आईसोलेसनमा बस्नु नपर्ने रहेको प्रमाणित गरिनेछ । यस्तै पूर्णत खोप लगाएका व्यक्तिहरुका हकमा यो सिमाना खोलिएको भएपनि खोप नलगाएकाहरुलाई भने न्यूसाउथवेल्समा घुम्न या बिदामा जान भने रोक लगाइएको छ ।

दुबै राज्यले ८० प्रतिशत दुबै डोज खोप लगाएको आंकडा पार गरेका छन् भने पहिलो खोप लगाएका १६ वर्षभन्दा माथि उमेर समूहको ९० प्रतिशत बढी जनसंख्या रहेको कारण सिमाना खुल्ला गर्ने निर्णय गरिएको अधिकारीहरुले बताएका छन् ।

यस्तै क्यानबेराका बासिन्दाहरुले पनि अब भिक्टोरिया भ्रमण गर्न पाउनेछन् ।

यसैबीच, न्यूाउथवेल्स र भिक्टोरिया राज्यको सिमाना क्षेत्रमा बसोबास गर्ने आदिवासी समूदायका मानिसहरुले कम मात्रै खोप लगाएको नयाँ तथ्य सार्वजनिक भएको छ । अल्बरी, उडुंगा लगायतका क्षेत्रमा अहिले ६४ दशमलब ६ प्रतिशतले मात्रै दुबै डोज खोप लगाएका छन् ।