Logo

भिक्टोरिया फेरि बढ्यो कोरोना, दैनिक संक्रमण पुग्यो १२ सय ४७




मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा केही दिनदेखि कोरोनाको संक्रमण दर दैनिक एक हजारभन्दा कम रहेकोमा फेरि मंगलबार यो बढेको छ । आज विहान स्वास्थ्य विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो दिनको भन्दा २ सय बढी संक्रमित फेला परेका छन् भने कोभिड १९ कै कारण ९ जनाले ज्यान गुमाएका छन् ।

भिक्टोरियामा हाल ९२ प्रतिशत १६ वर्षभन्दा माथि उमेर समूहका भिक्टोरियनहरुले कोभिड १९ विरुद्धको खोप लगाइसकेका छन् । यस्तै ८२ प्रतिशतले दोश्रो खोपको मात्रा पनि लगाइसकेका छन् । हाल राज्यमा १ सय १४ जना आईसीयूमा रहेका छन् भने ७८ जना भेन्टिलेटरमा छन् ।