काठमाडौँ ।
बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त भएका छन् । उच्च अदालत, पाटनमा २० लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका हुन् ।
लामिछानेलाई धरौटीमा छाड्न अदालतले ५ वटा सर्त राखेको छ । ती सर्त उलंघन भएको अवस्थामा पुर्पक्षका क्रममा धरौटी माग गर्ने आदेश स्वतः निष्कृय हुने भनिएको छ ।
बालिका जबर्जस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेलाई उच्च अदालत पाटनले बिहीबार २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
लामिछानेको शुक्रबार नै स्वास्थ्य अवस्था परीक्षण गरिएको थियो ।
प्रतिक्रिया