काठमाडौँ ।
क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ । उच्च अदालत पाटनको आदेशअनुसार धरौटीमा रिहाइको प्रक्रियाका लागि उनलाई जिल्ला अदालत लगिएको हो ।
लामिछानेलाई २० लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त गर्न उच्च अदालतले दिएको आदेशको पत्र पनि जिल्ला अदालत काठमाडौं पुगेको छ ।
लामिछानेका कानुन व्यवसायी सुवास पाठकका अनुसार थुनामुक्त गर्न दिएको आदेशको पत्र काठमाडौं जिल्ला अदालतमा बुझाइएको छ । पत्र आइसकेपछि थुनामुक्तको प्रक्रिया अघि बढेको र २० लाख रुपैयाँ धरौटी बुझाएपछि अदालतले थुनामुक्त गर्नका लागि पत्र लेखिदिने पाठकले जानकारी दिए ।
बालिका जबर्जस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेलाई उच्च अदालत पाटनले बिहीबार २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।
प्रतिक्रिया