सन्दीप लामिछाने शुक्रबार छुट्ने

सन्दीप लामिछाने शुक्रबार छुट्ने


काठमाडौँ ।

क्रिकेटर सन्दीप लामिछाने भोलि (शुक्रबार) मात्र थुनामुक्त हुने भएका छन् । उच्च अदालत पाटनले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी शुक्रबार थुनामुक्त हुने भएका हुन् ।

बिहीबार उच्च अदालत पाटनले २० लाख धरौटीमा उनलाई छाड्न आदेश दिएको हो। उक्त रकम बिहीबार बुझाउन ढिला भएकाले उनी शुक्रबार मात्र थुनामुक्त हुने भएका हुन् ।

उच्च अदालत पाटनका न्यायाधीशहरु ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई ससर्त रिहा गर्न आदेश दिएको हो । सन्दीपलाई विदेश जान र मुद्दाबारे सामाजिक सञ्जालमा बोल्न रोक लगाइएको छ ।