मुम्बई । भारतीय अभिनेत्री राखी सावन्तले प्रेमी आदिल खान दुर्रानीसँग विवाह गरेकी छन् । भारतमा ड्रामा क्वीन उपनामले चिनिने राखीले आफ्ना प्रेमी आदिलसँग विवाह गरेकी हुन् ।
उनीहरूले अदालतमा विवाह गरेका हुन् । हाल उनीहरूको सामाजिक सञ्जालमा केही तस्वीर सार्वजनिक गरेका छन् । ती तस्वीरमा राखी हातमा विवाह प्रमाणपत्र लिएर आदिलसँग देखिएकी छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार राखीको यो दोस्रो विवाह हो । यसअघि उनले रितेश पाण्डेसँग विवाह गरेकी थिइन् । तर यी दुईको सम्बन्ध लामो समय टिक्न सकेन । राखी र रितेश ‘बिग बोस १५’ मा एकसाथ देखिएका थिए। शोबाट बाहिर आएको केही समयपछि उनीहरूको सम्बन्धविच्छेद भएको थियो ।
राखी लामो समयदेखि आदिलसँग प्रेम सम्बन्धमा रहेकी थिइन् । दुवैजना प्रायः सार्वजनिक रूपमा सँगै देखिने गरेका थिए । आदिल राखीभन्दा ६ वर्ष कान्छा र पेशाले व्यवसायी हुन् ।
उनीहरूले हाल सम्म आफ्नो विवाहको बारेमा कुनै पनि जानकारी भने दिएका छैनन् ।
प्रतिक्रिया