काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ २३ पैसा र बिक्री दर १३० रुपैयाँ ८३ पैसा पुगेको छ। यस्तै अष्ट्रेलियन डलर खरिद ९० रुपैयाँ ०१ पैसा र बिक्रीमा ९० रुपैयाँ ४२ पैसा पुगेको छ।
यस्तै, युरो एकको खरिद दर १३९ रुपैयाँ ९२ पैसा र बिक्री दर १४० रुपैयाँ ५६ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ शून्य पैसा र बिक्री दर १५८ रुपैयाँ ७२ पैसा रहेको छ। यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५७ पैसा र बिक्री दर ३५ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया