कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ


काठमाडौं, १६ कात्तिक । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मंगलबार साँझ प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीले मुख्यमन्त्री शाहीलाई सपथ गराउनु भएको हो ।
निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिए पछि प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीले सोमबार मुख्यमन्त्रीको दाबी पेश गर्नका लागि आह्वान गर्नुभएको थियो । उहाँलाई प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । ३५ सदस्यीय कर्णाली प्रदेशसभामा मुख्यमन्त्री शाहीलाई माओवादी केन्द्रका १२, काँग्रेसका छ र नेकपा (एकीकृत समाजबादी) का तीन जना गरी २१ जनाको समर्थन रहेको छ ।