काठमाडौँ ।
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्माले आज दाबी गर्दैछन् । उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् ।
बुधबार अपरान्ह ४ बजे बहुमत प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख तिलक परियारसमक्ष दाबी पेस गर्ने तयारी रहेको माओवादी केन्द्र कर्णाली प्रदेशले जनाएको छ ।
प्रदेश प्रमुख परियारले आज बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए। प्रदेशमा सरकार गठनका लागि माओवादी केन्द्र र नेकपा एमालेका तयारीमा जुटेका छन्।
४० सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि २१ मत आवश्यक पर्छ।
प्रतिक्रिया