संसद् विघटनको अधिकार प्रधानमन्त्रीमा छैन : माधव नेपाल

संसद् विघटनको अधिकार प्रधानमन्त्रीमा छैन : माधव नेपाल


काठमाडौँ ।

एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले संसद् विघटनको अधिकार प्रधानमन्त्रीमा नरहेको बताएका छन् । मंगलबार संसदमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

एमाले अध्यक्ष केपी ओलीले संसद् विघटन गर्ने अभिव्यक्ति गठबन्धन हो भन्दै प्रश्न गरेका उनले यसलाई प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने बताए । प्रधानमन्त्रीले संसद्र विघटन गर्न नपाइने भन्दै उनले संसद विघटन गर्ने अधिकार नरहेकाले यस्ता गोलचक्करमा नपर्न प्रधानमन्त्रीलाई सुझाव दिए ।

नेता नेपालले अधिकार माग्नेप्रति मात्र होइन कर्तव्यप्रति जिम्मेवार बन्नुपर्ने बताए । प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उनले अधिकार माग्ने मात्र होइन कर्तव्य निर्वाहमा जिम्मेवार हुनेप्रति ध्यान जानुपर्ने बताए ।

बजेट कनिका छरेर देश समृद्धि नहुने भन्दै उनले भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने बताए । देशको सबै धर्म, संस्कृति र भाषालाई जोगाउनुपर्ने बताउँदै अध्यक्ष नेपालले देशको अर्थतन्त्रको आधार रहेको कृषि क्षेत्रको विकास गर्नुपर्ने बताए । देशको अर्थतन्त्रको आधारशीला रहेका पर्यटन र जलविद्युतको क्षेत्रको विषयलाई सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले स‌ंसद् विघटन गर्ने अभिव्यक्ति गठबन्धन हो भन्दै प्रश्न गरेका उनले यसलाई प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने बताए । प्रधानमन्त्रीले संसद विघटन गर्न नपाइने भन्दै उनले संसद विघटन गर्ने अधिकार नरहेकाले यस्ता गोलचक्करमा नपर्न प्रधानमन्त्रीलाई सुझाव दिए । उनले भ्रष्टाचारको विकेन्द्रीकरण भएको बताए । पालिका पालिकामा करोडौंका मालिक जन्मेको उनले दाबी गरे ।