तास्मानिया होबार्ट । राजयोगीनी ब्रह्माकुमारी प्रनिता दिदी, र बालब्रह्माचारी सैलेश राज बराल अष्ट्रेलिया आउन लागेका छन्। अष्ट्रेलियाका विभिन्न सहरमा हुने प्रवचनका कार्यक्रममा सहभागी हुने छन्। क्यानबेरा, एडिलेड, वागा वागा, होबार्ट, सिड्नी, सेन्ट्रल कोष्ट, मेलबर्न र ब्रिसबेनलगायतका सहरमा कार्यक्रम हुने छन्।
तास्मानियाको होबार्टमा जनवरी १६ तारिखमा कार्यक्रमको आयोजना गरिएको छ। उक्त कार्यक्रममा सहभागिलाई राजयोगीनी ब्रह्माकुमारी प्रनिता र बालब्रह्माचारी सैलेश राज बरालले प्रवचन दिनेछन्।
अनुकरणिय व्यत्तित्वसँगको सामिप्यता र सत्सँगले यहाँहरुको जिवनमा अवश्य नै सकरात्मक परिवर्तन ल्याउने छ। उनको अष्ट्रेलिया वसाई अध्यात्मा र मिडिटेसनका अनुरागी सम्पुर्ण अष्ट्रेलिया वासी अत्यन्तै लाभदायिक र अविस्मरणिय हुने भएकाले तास्मानियामा रहेका सम्पर्णलाई कार्यक्रममा सहभागिताका लागि ब्रह्माकुमारी अष्ट्रेलियाले आग्रह गरेको छ।
प्रतिक्रिया