पुस २६, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार बिहान बसेको सचिवालय बैठकले सर्तसहित प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
प्रवक्ता खतिवडाले उनले भने, ‘सर्तसहित यो सरकारलाई विश्वासको मत दिइन्छ। हाम्रा एजेन्डा राखिन्छ। ती एजेन्डा पूरा नभए कुनै पनि बेला फिर्ता हुने हो।’
एकीकृत समाजवादीबाट प्रतिनिधि सभामा १० जना सांसद छन्।
प्रतिक्रिया