अष्ट्रेलियन प्रधानमन्त्रीले दिए दिपावलीको शुभकामना, भने ‘१८ महिनापछि उज्यालोतर्फ मुलुक’

अष्ट्रेलियन प्रधानमन्त्रीले दिए दिपावलीको शुभकामना, भने ‘१८ महिनापछि उज्यालोतर्फ मुलुक’


सिड्नी, अष्ट्रेलिया ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले दिपावली पर्व मनाउने अष्ट्रेलियामा बसोबास गर्नै सबै समूदायलाई शुभकामना व्यक्त गरेका छन् । एक वक्तव्य जारी गर्दै उनले १८ महिनाको अवधि अँध्यारो रहेको भन्दै महामारीबाट बाहिर निस्किने सुरुंगमा उज्यालो देखिएको भन्दै पछिल्लो समय कोरोना विरुद्धको खोप अभियानको सफलतामा समूदायहरुले खेलेको भूमिकाको पनि प्रशंसा गरेका छन् ।

अझै पनि अष्ट्रेलियाका केही ठाउँमा उल्लासमय तवरमा दिपावली मनाउन नसकिएको बताउँदै अर्को वर्ष यो सम्भव हुने आशा पनि प्रधानमन्त्री मोरिसनले व्यक्त गरेका छन् ।

यसैबीच, अध्यागमन मन्त्री एलेक्स हकले पनि शुभकामना सन्देश जारी गर्दै उज्यालोको पर्व दिपावलीको शुभकामना व्यक्त गरेका छन् । उनले सन्देशमा कोभिड १९ विरुद्धको खोपको मात्रा ९० प्रतिशत पुगिसकेपछि अहिले जमघटहरु हुन थालेको स्मरण गराउँदै अध्यागमन मन्त्री हकले सरकारले हालै पीआर र अष्ट्रेलियन नागरिकहरुले आफ्ना अभिभावकहरुलाई पनि अष्ट्रेलिया बोलाउन सक्ने नियम ल्याएको र यसले परिवार मिलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने आफुहरुको अपेक्षा रहेको पनि बताएका छन् । उनले उज्यालो र शुभ दिपावली भन्दै सबैलाई शुभकामना दिएका छन् ।