काठमाडौँ ।
लोकतान्त्रिक समाजवादीका नेता शरदसिंह भण्डारीले संसदमा बल्ल जनताको आवाज प्रतिध्वनि भएको बताएका छन् ।
उनले सोमबार (आज) बाट सुरु भएको प्रतिनिधिसभाको बैठकमा यसपटक भने जनताको आवाज प्रतिध्वनि भएको बताएका हुन् । यसरी संसदमा जनताको आवाज प्रतिध्वनि भएमा जनताको आक्रोश सडकमा नपोखिने उनको भनाइ छ ।
सबै दलहरूलाई एक स्थानमा उभिएर समस्या समाधान गर्न जनताले मत दिएको बताउँदै उनले संविधानले प्रत्याभूत गरेअनुसार काम गर्नुपर्ने बताए । अन्यथा नयाँ दल र युवालाई समेत जनताले विश्वास गर्न सक्ने अवस्था पनि नरहने बताए ।
भ्रष्टाचार अन्त्यका लागि आफ्नो पार्टीले सहयोग गर्ने उनले बताए ।
प्रतिक्रिया