प्रधानमन्त्रीको निर्देशनमा मलेसियामा बन्धक बनाइएका १९ नेपालीको उद्धार पहल थालियो

प्रधानमन्त्रीको निर्देशनमा मलेसियामा बन्धक बनाइएका १९ नेपालीको उद्धार पहल थालियो


पुस २५, काठमाडौँ । मलेसियामा केही दिनदेखि बन्धक बनाइएका १९ जना नेपालीहरूलाई उद्धार गर्न सरकारले पहल थालेको छ । मलेसिया पुगेका १९ जना नेपाली बन्धक भएका खबर सार्वजनिक भएको थियो ।

रोजगारीका लागि मलेसिया पुगेका नेपालीहरू ८ दिनदेखि बन्धक छन् । प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालयले मलेसियामा रहेका नेपालीको अवस्था बुझ्न र उनीहरूलाई उद्धार गर्न पहल गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो विषय गम्भीर भएकोले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्य सचिवमार्फत् निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।