विदेशी मुद्राको विनिमयदर, आज कति छ अष्ट्रेलियन डलरको भाउ ?

विदेशी मुद्राको विनिमयदर, आज कति छ अष्ट्रेलियन डलरको भाउ ?


काठमाडौँ । नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर खरिद ८९ रुपैयाँ ०२ पैसा र बिक्रीमा ८९ रुपैयाँ ४३ पैसा पुगेको छ। यस्तै अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा पुगेको छ।

यस्तै, युरो एकको खरिद दर १३८ रुपैयाँ ८४ पैसा र बिक्री दर १३९ रुपैयाँ ४७ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १५६ रुपैयाँ ६१ पैसा र बिक्री दर १५७ रुपैयाँ ३२ पैसा रहेको छ।

यसरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १३ पैसा र बिक्री दर ३६ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।