तीनै तहको निर्वाचनबारे छलफल भइरहेको छ : प्रचण्ड

तीनै तहको निर्वाचनबारे छलफल भइरहेको छ : प्रचण्ड


काठमाडौं, १५ कात्तिक । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावको प्रक्रियाबारे राजनीतिक दलहरुबीच छलफल भइरहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती केन्द्रीय समितिले चाडपर्वहरुको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा संगठनको मुखपत्र ‘पराग’ पुस्तकको पाँचौ विशेषांक विमोचन कार्यक्रममा अध्यक्ष प्रचण्डले स्थानीय, प्रदेश र संघ तीनै तहको निर्वाचन एकैचोटी गर्ने वा चरण–चरणका गर्ने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।
तीनै तहको निर्वाचन एकै चोटी गर्दा राज्यलाई कम भार पर्ने र जनतालाई दुःख पनि कम हुने विषयमा छलफल भएको उहाँको भनाई छ । यससँगै निर्वाचनमा षड्यन्त्र र चलखेल पनि कम हुने लगायत आर्थिक बोझ कम भई राजनीतिक दलहरुलाई पनि सहज हुने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । यस विषयमा ‘यहाहरुले पनि सुझाव प्रदान दिनुभयो भने राम्रै हुनेछ ।’, अध्यक्ष प्रचण्डले बताउनुभयो । देशमा उपलब्ध संघिय गणतान्त्रिक व्यवस्थालाई सुदृढ गर्न धेरै चुनौतीहरु आइपरेको बताउनुहुदै उहाँले आगामी दिनमा ऐन निर्माण गर्दै थाती रहेका कामह अगाडि बढाउनुपर्ने बताउनुभयो ।
यस विषयमा कर्मचारीतन्त्रभित्र पनि विभिन्न समस्या देखिएको र पार्टीलाई सखापै पार्नुपर्ने प्रवृत्तिपनि हाबी भएको उहाँको भनाई छ । तर, ९० प्रतिशतभन्दा बढी अत्याधिक कर्मचारी पनि परिवर्तन र प्रगतिको पक्षमा रहेको धारणा उहाँ व्यक्त गर्नुहुन्छ । यसैगरी, कार्यक्रममा विमोचित पुस्तक ‘पराग’ ले राजनीतिक दलहरुलाई चुनौती सामना गर्न मद्दत पु¥याउने विश्वास उहाँले पोख्नुभयो ।