नेपाल समाजवादी पार्टीले माओवादीसँग एकता गर्न वार्ता समिति बनाउने

नेपाल समाजवादी पार्टीले माओवादीसँग एकता गर्न वार्ता समिति बनाउने


काठमाडौँ । नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आइतबारदेखि सुरु भएको पार्टीको राजनीतिक समितिको बैठकले माओवादीसँग एकाताका लागि समिति बनाउने निर्णय गरेको हो।

आजको बैठकमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’ नाम दिइएको राजनीतिक प्रतिवेदन पेस गरेका छन्। डा. भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको पार्टीका सह–अध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए ।

उनले बैठकले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्नका लागि वार्ता समिति बनाउने र सो समितिलाई माओवादी केन्द्र लगायतका अन्य पार्टीहरूसँग पनि एकता तथा ध्रुवीकरण गर्नका लागि छलफल र प्रयास गर्न अधिकार दिइने स्पष्ट पारे।