देशभर ५ सय ३३ जना कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

देशभर ५ सय ३३ जना कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु


काठमाडौं, १५ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणबाट ४ सय ४१ र एन्टिजेन परीक्षणबाट ९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा ७ हजार ४६८ नमुनाको पीसीआर परीक्षण र ४ हजार १९६ एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । जम्मा परीक्षण ११ हजार ६ सय ६४ गरिएको छ । पछिल्लो २४ घण्टामा ४ सय ९० जना कोरोना संक्रमणमुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ९ हजार ३ सय १८ छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख १३ हजार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९४ हजार ६२७ पुगेको छ । हालसम्म ७ लाख ९२ हजार २७७ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ४१६ पुगेको छ ।