प्रधानन्यायाधीश जबराले खोजे सम्मानजक बहिर्गमनको प्रस्ताव !

प्रधानन्यायाधीश जबराले खोजे सम्मानजक बहिर्गमनको प्रस्ताव !


काठमाडौं, १४ कात्तिक । विवादमा पर्नुभएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सहकर्मी न्यायाधिशसँग आफ्नो सम्मानजनक बहिर्गमनको प्रस्ताव राख्नुभएको छ । प्रधानन्यायाधीशहरुसँग असन्तुष्टि राख्दै आउनु्भएका न्यायाधीशहरुले वार्ता गठन गठन गरेको टोलीसँग जबराले सम्मानजनक बहिर्गमनको प्रस्ताव गर्नुभएको हो ।
वार्ता टोलीमा न्यायाशीशत्रहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोज कुमार शर्मा हुनुहुन्छ । सर्वोच्चका न्यायाधीश पनि प्रधानन्यायाधिश राणाको सम्मानजनक बहिर्गमनकै पक्षमा रहेको निष्कर्षमा पुगेका छन् । न्यायाधिशहरुले आजको छलफलबाट प्रधानन्यायाधिश राणालाई सम्मानजनक बहिर्गमनको लागि केही दिन समय दिने पनि निकर्ष निकालेको छ । यस्तै प्रधानन्यायाधिश राणाले राजीनामा दिनैपर्ने भन्दै सोमबार पनि न्यायाधिशले कुनै मुद्दा सुनुवाई नगर्ने भएका छन् ।