माल्दिभ्सबाट दुई लाख डोज खोप नेपाल आइपुग्यो

माल्दिभ्सबाट दुई लाख डोज खोप नेपाल आइपुग्यो


काठमाडौं, १४ कात्तिक । नेपाललाई माल्दिभ्स सरकारले दिएको २ लाख १ हजार ६ सय डोज एस्ट्राजेनिका खोप आइतबार नेपाल आइपुगेको छ । कतार एयरवेजको नियमित उडानबाट खोप काठमाडौं आईपुगेको हो ।
उक्त खोपलाई टेकुस्थित केन्द्रीय खोप भण्डारणमा राखिएको छ । खोपलाई केही दिनपछि प्राथमिकताका आधारमा विभिन्न जिल्लामा पठाईने भएको छ । यसअघि सार्क राष्ट्र भारत र भुटानबाट समेत कोभिड विरुद्धको खोप आइसकेको छ ।