पोखरा । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पोखरा महानगरपालिकास्थित महेन्द्र पुलमा अत्याधुनिक स्मार्ट सार्वजनिक शौचालय निमार्ण गर्ने भएको छ। सो शौचालयमा निमार्णको लागि गैरआवासीय नेपाली संघ र पोखरा महानगरपालिकाबीच बुधवार द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो।

अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माणका लागि पोखरा महानगरपालिकासँग सम्झौता गरिएको गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रविना थापाले जानकारी दिइन् ।
संघको आर्थिक सहयोगमा सम्पन्न हुने सो परियोजनाको सम्झौतामा संघकी कार्यकारी अध्यक्ष रविना थापा र पोखरा महानगरपालिका प्रमुख वीच हस्ताक्षर भएको छ। पत्रमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृहको निर्माण सम्पन्न गरी सकेपछि उपयुक्त ठाउँमा गैरआवासीय नेपाली संघको लोगो सहितको झण्डा राखिने, अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृहको निर्माण सम्पन्न गरी सकेपछि उक्त शौचालय र चमेनागृह महानगरपालिकाले संचालन गर्ने सम्झौतामा उल्लेख गरिएको छ।
उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा एनआरएनए उपाध्यक्ष जयप्रकाश गुरुङ, पोखरा महानगरपालिकाका पदाधिकारीहरु गैरआवासीय नेपाली संघ युएसएका आजिवन सदस्य तथा अभियान्ता नारायण थापा लगायतको विशेष उपस्थिती थियो।

प्रतिक्रिया