एनबीएको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न, बिजनेस एक्स्पोका लागि विभिन्न उपसमिति गठन

एनबीएको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न, बिजनेस एक्स्पोका लागि विभिन्न उपसमिति गठन


तास्मानिया होबार्ट ।

नेप्लिज विजेनेश एशोसियसन अफ तास्मानियाले अंग्रेजी नयाँ वर्षको अपसरमा शुभकामना आदान प्रदान तथा स्वागत कार्यक्रमको आयोजना गरेको छ ।

आज (बुधबार) क्लियर मोन्ट स्थित डाँफे नेपाली रेष्टुरेन्टमा भएको कार्यक्रममा संघका अध्यक्ष रेवन्त वस्नेतले नयाँ वर्ष २०२३ को उपलक्ष्यमा तास्मानियामा रहेका नेपाली व्यवसायीहरूलाई शुभकामना दिएका थिए। यस्तै संघका कोषाध्यक्ष अरुण आचार्यले तास्मानियामा रहेका नेपाली व्यवसायीका लागि २०२२ भन्दा २०२३ सफल हुनेमा आफू आशावादी रहेको भन्दै नयाँ वर्षको शुभकामना दिए। 

होबार्टमा रहेका नेपाली व्यवसायी सहभागी रहेको उक्त कार्यक्रममा यसअघि नै उद्घोष गरिएको बिजनेस एक्स्पोको बारेमा केन्द्रित भएर छलफल भएको थियो । छलफलमा बिजनेस एक्स्पोलाई भव्य रुपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गर्ने र ती उपसमितिले दिएको सुझावको आधारमा मिति तय गर्ने गरी छलफल अघि बढेको संघका अध्यक्ष बस्नेतले जानकारी दिए । 

बिजनेस एक्स्पोको मुख्य उद्देश्य भनेको तास्मानियामा रहेका नेपाली व्यवसायीहरूले तास्मानियाको आर्थिक क्षेत्रमा कतिको योगदान पुर्याएको छु भनेर राज्यलाई आफ्नो बाहुल्यता देखाउनु हो। यसैगरी तास्मानियामा रहेका विभिन्न व्यवसायीहरूले आफूहरूलाई गाह्रो परेको अवस्थामा मिलेर अगाडि बढ्नुपर्ने बारे धारणा राखेका थिए। 

बिजनेस एक्स्पोतास्मानियाको होबार्टमा आगामी केही महिनाभित्र आयोजना गर्ने र यसका लागि गठन भएका उपसमितिले आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बारे पछि छलफल भएको संघका कोषाध्यक्ष अरुण आचार्यले जानकारी दिए । यसै गरी शुभकामना आदान प्रदान कार्यक्रममा संघका उपाध्यक्ष प्रवीण खरेलले शुभकामना मन्तव्य राखेका थिए। यस्तै नेपाली सोसाइटी अफ तास्मानियाका अध्यक्ष तथा व्यवसायी तोयाराज भट्टराईले एनबीएसँग आबद्ध भएर काम गर्नुपर्ने र एक आपसमा सहयोग गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे । 

स्थानी पत्रकार तथा केविसी खबरका तास्मानिया संयोजक खगेन्द्र सत्यालले एनबीएले तास्मानियामा रहेका नेपाली व्यवसायीको छाता संगठन भएर काम गरिरहेको भन्दै गाह्रो साह्रो पर्दा एनबीले सहयोग गर्नुपर्ने धारणा राखे । 

कार्यक्रममा होबार्टमा रहेका नेपाली व्यवसायीहरुको उल्लेखनीय सहभागिता रहेको थियो। साथै लन्चेस्टनबाट प्राप्त शुभकामना शुभकामना सन्देश प्रभाव गरिएको थियो । अप्रिलमा क्यानबेरामा हुन लागेको ओसिआनाका लागि तास्मानियाबाट पनि टिम तास्मानिया भनेर सहभागिता जनाउनका लागि सहयोग गर्न एनटीएसएका अध्यक्ष विष्णु सापकोटा तथा स्थानीय व्यवसायीले माग गरेका थिए । 

एनबीए तास्मानियामा रहेर व्यवसाय गरिहेका नेपाली भाषीहरुको हक हितको लागि खोलिएको एक गैरनाफामुलक सस्था हो।