ओएनएफ अष्ट्रेलियाको अध्यक्षमा केशव जोशी चयन !

ओएनएफ अष्ट्रेलियाको अध्यक्षमा केशव जोशी चयन !



अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको राष्ट्रिय कमिटीको बैठकले कमिटीको पुर्नगठन गरेको छ । पुर्नगठित कमिटीको अध्यक्ष केशव जोशी चुनिएका छन् ।

अध्यक्ष रमेश पाण्डे गत मार्च महिनाबाट मञ्चको अन्तर्राष्ट्रिय कमिटीको सचिवको जिम्मेवारी प्राप्त गरेकाले अष्ट्रेलिया कमिटीबाट विदा लिनुभएको हो । यसै गरि ओशियाना कमिटीको अध्यक्ष हुनुभएका राजु उपाध्याय लगाएका माथिल्लो कमिटीमा जिम्मेवारी प्राप्त गर्नुभएका सदस्यहरुले कमिटीबाट बिदा हुनुभएको र अन्य पदाधिकारी तथा सदस्यहरुमा पुरानैसंरचनालाई निरन्तरता दिइएको प्रवक्ता सन्तोष दहालले केविसीखबरलाई बताए ।

२००५ मा अष्ट्रेलिया आउनुभएका नवनियुक्त अध्यक्ष जोशी सामाजिक तथा मञ्चको सांगठनिक क्षेत्रमा क्रियाशिल हुदै २०१४ मा महासचिवमा निर्वाचित हुनुभएको थियो भने २०१६ मा उपाध्यक्षको जिम्मेवारी निभाउनु भएको थियो ।को थियो भने २०१६ मा उपाध्यक्षको जिम्मेवारी निभाउनु भएको थियो ।