तास्मानिया होबार्ट ।
सदैको वर्ष जस्तै यो वर्ष पनि तमु समाज तास्मानियाले तमु ल्होसार २०२२ को आयोजना गर्दै छ। समाजले बाघ वर्गको बिदाइ र बिरालो वर्गको आगमनको रूपमा आयोजना गरिने कार्यक्रम २०२३ जनवरी ७ तारिखका शनिवारका दिन न्यु टाउनमा रहेको पोलिस क्लब होबार्टमा कार्यक्रम गर्न लागेको हो। दिउँसो ४ः ३० बाट सुरु हुने कार्यक्रममा पूजा, फोटो सुट, पुरानो गुरु नाच र लाइभ म्युजिक लगायतका विभिन्न कार्यक्रम रहेको तमु समाजका सचिव आशिष् गुरुङले जानकारी दिए।
विदेशी भूमिमा सास्कृर्तिको जगेर्ना गर्दे नेपाली समाजलाई एकीकृत गर्न आफ्नो उद्देश्य रहेको तमु समाज तास्मानियाका अध्यक्ष महेन्द्र गुरुङले बताए। यो वर्ष विशेष गरी नेपालबाट आएका अभिभावक तथा बालबालिकाका लागि प्रवेश निःशुल्क गरिएको अध्यक्ष गुरुङले बताए।
तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रूपमै प्रस्ट छ, आज गुरुङ समुदायको नयाँ वर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार वर्षमा १२ महिना हुन्छन् र हरेक महिनाहरू जनावरको आधारमा नामाकृत हुन्छन् । यस पटक तमु गुरुङ समुदायले ’तो ल्हो’ (बाघ वर्ग) को बिदाइ गर्दै ’हि ल्हो’ (बिरालो वर्ग) को स्वागत गरेर भव्य रूपमा मनाउने छन् ।
प्रतिक्रिया