ओएनएफ ओशियाना गठन, राजु उपाध्यायको नेतृत्व

ओएनएफ ओशियाना गठन, राजु उपाध्यायको नेतृत्व


अष्ट्रेलिया ।

प्रवासी नेपाली मञ्च(ओएनएफ) ओशियाना महादेशीय कमिटीको सफत ग्रहण तथा नेपाली चाड पर्वहरुको उपल्यक्षमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न कार्यक्रममा नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले प्रवासी नेपालीहरुलाई संमृद्ध नेपाल खुशी नेपालीको अभियानमा सहयोगी बन्न अनुरोध गर्दै कोरोना महामारीको समयमा प्रवासी नेपालीहरुको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो।

कार्यक्रममा न्युजिल्याण्डका नेपालका अवैतनिक वाणिज्यदुत आत्माराम खनालले नेपालीहरु महान चाड पर्वहरुको शुभकामना व्यक्त गर्दै नवगठित कमिटीलाई यस क्षेत्रका नेपालीहरुको हितमा काम गर्न आग्रह गर्नुभयो ।

ओएनएफ अन्तराष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरुङले ओएनएफले विदेशमा रहेको नेपालीहरुको साथ र सहयोगमा संमृद्ध नेपालको निर्माणमा सहयोगी भुमिका खेल्ने बताउनु भयो । अन्तराष्ट्रिय कमिटीका सचिव रमेश पाण्डेले ओएनएफ प्रवासमा रहेका नेपालीहरुको सुख दुखको साथी हुन सफल भएको वताउदै नव गठित कमिटीलाई आफु र आफु अन्तर्गतका राष्ट्रहरुमा रहेका कमिटीहरुलाई नेपाल र नेपालीहरुको हितमा योजना बनाएर अगाडि बढ्न शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष समेत रहनुभएका ओएनएफ अन्तराष्ट्रिय कमिटी सदस्य तथा ओशियाना ईन्चार्ज विनोद श्रेष्ठले नवगठित कमिटीले ओशियाना क्षेत्रमा रहेका रहेका देशहरुमा रहेका ओएनएफका राष्ट्रिय कमिटीहरुलाई समवन्य गरेर नेपाल र नेपालीको हितमा कामलाई अगाडी बढाउने वताउनुभयो । साथै ओएनएफ अन्तराष्ट्रिय कमिटी सदस्य तथा पुर्वी एसिया इन्चार्ज भक्त गुरुङ, ओएनएफ न्युजिल्याड अध्यक्ष डा भगवान यादव लगायतका वक्ताहरुले नवगठित कमिटीलाई बधाई तथा चाड पर्वको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नव गठित कमिटीमा अध्यक्ष राजु उपाध्यायले कमिटीले आफ्ना मातहत कमिटीहरुको सांगठनिक , बौध्दिक विकास गर्ने खालका रचनात्मक कार्यक्रमहरुमा मुख्य जोडदिने प्रतिव्धता व्यक्त गर्नु भयो । ‘

यसै गरि सचिव रमेश पौडेलले ओएनएफ अष्ट्रेलियाको उपाध्यक्ष लगायतको मुल नेतृत्वमा रहदा हासिल गरेका कामको अनुभवलाई समेत थप गर्दै कमिटीको कामलाइ अगाडि बढाउने प्रतिव्धता व्यक्त गर्नु भयो ।

ओएनएफ अष्ट्रेलियाका सचिव शिशिर नेपालको संचालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो | नव गठित कमिटीमा अध्यक्ष राजु उपाध्याय सचिव रमेश पौडेल सदरस्यहरुमा डा भगवान यादव(न्युजिल्याण्ड), केशव जोशी (अष्ट्रेलिया), मान्डव कार्की(अष्ट्रेलिया),महेन्द्र कार्की( अष्ट्रेलिया), गोमा मैनाली(अष्ट्रेलिया) रमेश थापा(अष्ट्रेलिया), भावना नेपाल(न्युजिल्याण्ड) रहनुभएको छ ।