तास्मानिया, होबार्ट ।
पछिल्लो समय युवामाझ चर्चित गायिका वर्तिका एम राई तास्मानियाको होबार्ट पुगेकी छिन् । अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्याको अवसर पारेर भोलि (३० डिसेम्बर) होबार्टको ओडिन थियटरमा हुने सांगीतिक कार्यक्रममा सहभागी हुन उनी आज हाबार्ट आइपुगेकी हुन् ।
हल्ला इभेन्टको अयोजनामा बुलिज अटोमोटिभले टाइटल स्पोन्सर गरेको छ । उक्त सांगीतिक कार्यक्रममा अर्थ ब्याण्ड, यात्र ब्याण्डका साथै गायक सार्गम राईले पनि प्रस्तुति दिने बताइएको छ।
कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ। कार्यक्रम हलमा साँझ ७ बजेबाट प्रवेश गराइने छ । कार्यक्रममा प्रवेश गर्न १८ वर्ष माथि भएको पहिचान खुल्ने परिचय पत्र लिएर आउन पनि आयोजकले आग्रह गरेको छ।
प्रतिक्रिया