संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य


काठमाडौं, १२ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम शुक्रबार राति १२ बजेदेखि संसद्का दुवै सदनको अन्त्य भएको घोषणा गर्नुभएको हो । संघीय संसद्का महासचिव भरतराज गौतमले विज्ञप्ति जारी गरी कात्तिक २९ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पनि अन्त्य भएको जानकारी दिनुभएको छ ।