काठमाडौँ ।
नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अष्ट्रेलियन डलर खरिद ८९ रुपैयाँ ५५ पैसा र बिक्रीमा ८९ रुपैयाँ ९५ पैसा पुगेको राष्ट्र बैँकले जनाएको छ।
यस्तै अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ २८ पैसा र बिक्री दर १३२ रूपैयाँ ८८ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ७३ पैसा र बिक्री दर १४१ रूपैयाँ ३७ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ३२ पैसा र बिक्री दर १६० रूपैयाँ ०४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
प्रतिक्रिया